साहित्य समाचार

सर्जक श्रीओम श्रेष्ठको नियात्रासङ्ग्रह ‘विदेशमा देश’ लोकार्पण

काठमाडौँ। सर्जक श्रीओम श्रेष्ठ ‘रोदन’ को नियात्रासङ्ग्रह ‘विदेशमा देश’ लोकार्पण भएको छ । सुनकोशी वाङ्मय काभ्रेपलाञ्चोकद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार, प्राडा लक्ष्मणप्रसाद गौतम, स्रष्टा प्रमोद प्रधानलगायतले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।

घनश्याम राजकर्णिकारले सर्जक श्रीओम श्रेष्ठ ‘रोदन’ नेपाली साहित्यका स्थापित लेखक हुन् भन्दै उहाँको यस नियात्रासङ्ग्रहमा समेटिएका नियात्राले व्यक्तिविशेषको हृदय छाम्ने अवसर पाएको बताउनुभयो ।

साहित्यकार प्रमोद प्रधानले यात्रा साहित्यको क्षेत्रमा आत्मपरक शैलीमा नियात्रा लेख्ने क्रम घट्दै गएको अहिलेको सन्दर्भमा आत्मपरक शैलीमा लेख्ने साहित्यकार श्रेष्ठ स्थापित नाम हो भन्दै यस कृतिले विदेशमा रहने नेपालीको मन बुझ्ने अवसर पनि मिलेको बताउनुभयो ।

उहाँले सर्जक श्रेष्ठले विभिन्न देशको यात्रा गरेर यस कृति लेख्ने क्रममा धेरै देशमा बस्ने नेपालीको सहयोग, आतिथ्यलगायत सबैखाले व्यवहारका बारेमा लेख्नुभएको बताउनुभयो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्