एक्सक्लुसीभ

कोरला नाकाबाट भित्रिन थाले भेडा च्याङ्ग्रा

बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडा च्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडा च्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रा पालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडा च्याङ्ग्रा केही कम मूल्य पर्न सक्ने अपेक्षा गरिएको छ ।

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडा च्याङ्ग्रा भित्रन थालेका छन् । 

लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडा च्याङ्ग्रा नेपाल भित्रिएको हो ।

गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् ।

पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडा च्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

वरिष्ठ पशु चिकित्सक डा केसीले भदौ ३१ गते च्याङ्ग्रा १५५, असोज १ गते च्याङ्ग्रा ११८, भेडा ४६ र असोज २ गते च्याङ्ग्रा १०० वटा कोरला नाकाबाट नेपाल भित्रिएको जानकारी दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडा च्याङ्ग्रा नेपाल भित्र्याएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक गणेश केसीको भनाइ छ ।

पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकामा दुई वटा पशु क्वारेन्टाइन रहेको उहाँले बताउनुभयो । क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालयअन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्व जानकारी गराइनुपर्ने प्रावधान रहेको छ । सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले कोरला नाका हुँदै तिब्बतबाट भेडा च्याङ्ग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ ।

कोरला नाकाबाट पूर्व जानकारी गरी नेपाल भित्र्याइएका भेडा च्याङ्ग्राको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडा च्याङ्ग्रा व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडा च्याङ्ग्राको खोप लगाउने काम भएको वरिष्ठ पशु चिकित्सक डा केसीको भनाइ छ ।

चीनबाट नेपाल भित्रिएका भेडा च्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडा च्याङ्ग्रा बथानसँग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुगमन क्वारेन्टाइन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशु चिकित्सक डा केसीले उल्लेख गर्नुभयो ।

बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडा च्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडा च्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रा पालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडा च्याङ्ग्रा केही कम मूल्य पर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनको नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्