क्यालिफोर्निया

गभर्नर न्युसमद्वारा पाँच न्यायाधीशहरूको नियुक्तिको घोषणा

साक्रामेन्टो । गभर्नर ग्याभिन न्युसमले ‘कोर्ट अफ अपिल’ (अपील अदालत) का पाँच न्यायाधीशहरूको मनोनयन घोषणा गरेका छन्। शुक्रबार नियुक्त गरिएकाहरुमा ब्रायन गोल्डम्यान (फर्स्ट डिस्ट्रिक्ट कोर्ट अफ अपिल, डिभिजन २), एडम होफम्यान (फर्स्ट डिस्ट्रिक्ट कोर्ट अफ अपिल, डिभिजन ४), न्यायाधीश अलेक्जेन्डर गिजा (सेकेन्ड डिस्ट्रिक्ट कोर्ट अफ अपिल, डिभिजन ३), न्यायाधीश सिन्डी पानुको (सेकेन्ड डिस्ट्रिक्ट कोर्ट अफ अपिल, डिभिजन ३) र न्यायाधीश मारिया डगलियन हर्नान्डेज (फोर्थ डिस्ट्रिक्ट कोर्ट अफ अपिल, डिभिजन ३) रहेका छन् ।

गभर्नरले ‘सुपेरियर कोर्ट’ (उच्च अदालत) का दुई न्यायाधीशहरूको नियुक्ति पनि घोषणा गरे भने एकजना ओरेन्ज काउन्टीका लागि र अर्का सान्ता क्लारा काउन्टीका लागि न्यायिक नियुक्तिहरूको घोषणा गरेका हुन्।

अलामेडा काउन्टीका ब्रायन गोल्डम्यानलाई ‘फर्स्ट डिस्ट्रिक्ट कोर्ट अफ अपिल’को डिभिजन-२ मा ‘एसोसिएट जस्टिस’ (सह-न्यायाधीश) का रूपमा सेवा गर्न मनोनयन गरिएको छ।

स्याक्रामेन्टो काउन्टीका एडम होफम्यानलाई ‘फर्स्ट डिस्ट्रिक्ट कोर्ट अफ अपिल’को चौथो डिभिजनमा ‘एसोसिएट जस्टिस’ (सह-न्यायाधीश) का रूपमा काम गर्न मनोनयन गरिएको छ।

लस एन्जलस काउन्टीका अलेक्जेन्डर गिजालाई ‘सेकेन्ड डिस्ट्रिक्ट कोर्ट अफ अपिल’ को ‘डिभिजन थ्री’मा ‘एसोसिएट जस्टिस’का रूपमा सेवा गर्न मनोनयन गरिएको छ।

लस एन्जलस काउन्टीकी सिन्डी पानुकोलाई ‘सेकेन्ड डिस्ट्रिक्ट कोर्ट अफ अपिल’को डिभिजन ३ मा ‘एसोसिएट जस्टिस’ (सह-न्यायाधीश) का रूपमा सेवा गर्न मनोनयन गरिएको छ।

ओरेन्ज काउन्टीकी मारिया डाघलियन हर्नान्डेजलाई डिभिजन थ्रीको चौथो जिल्ला पुनरावेदन अदालतमा सह-न्यायाधीशको रूपमा सेवा गर्न मनोनित गरिएको छ।

ओरेन्ज काउन्टीका थोमस नोसेलालाई ओरेन्ज काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा नियुक्त गरिएको छ।

अलामेडा काउन्टीकी छाया मलिकलाई सान्ता क्लारा काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा नियुक्त गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्