राजनीति

प्रधानमन्त्री शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग जेन्जी उमेर समूहका सांसदहरुको छलफल सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरुसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको हो ।

बैठकमा मुख्य गरी नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक संजालमार्फत् जानकारी दिनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्