खेलकुद

वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्य राखेपको निर्देशक नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ । तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने संगीना पहिलो महिला हुन् ।

संगीना आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) की स्वर्ण विजेता हुन् । तेक्वान्दोकी सफल खेलाडी मध्येकी एक संगीनाले १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । संगीनाले ग्रिसको एथेन्समा सन् २००४ मा भएको ओलम्पिक छनोट चरण पार गरेर खेलेकी थिइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्