इमिग्रेशन अपडेट

डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएकाहरुले परिवारका सदस्य लान नपाउने : गृहमन्त्री टोनी बर्क

नयाँ नियमअनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना परिवारका सदस्य ‘डिपेन्डेन्ट’ लाई आफूसँगै लैजान पाउने छैनन्। यद्यपि यो नियम पहिले नै अस्ट्रेलिया पुगिसकेका विद्यार्थी, प्रशान्त महासागरीय क्षेत्र र दक्षिणपूर्वी एसियाली मुलुकका आवेदक तथा विद्यावारिधि अध्ययन गर्ने विद्यार्थीका हकमा भने लागू हुने छैन।

बार्टन। अस्ट्रेलिया सरकारले बसाइसराइ (इमिग्रेसन) नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थी, ‘भिसा हपर’ र ब्याकप्याकर्सलाई लक्षित गर्दै नयाँ र कडा अध्यागमन नियमहरूको घोषणा गरेको छ।

गृहमन्त्री टोनी बर्कले बिहीबार अध्यागमन नीतिको नयाँ ढाँचा सार्वजनिक गर्दै अध्यागमन देशको शक्ति भए पनि यसमा नियन्त्रण हुनु आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा हपिङमा कडाइ

नयाँ नियमअनुसार अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना परिवारका सदस्य ‘डिपेन्डेन्ट’ लाई आफूसँगै लैजान पाउने छैनन्। यद्यपि यो नियम पहिले नै अस्ट्रेलिया पुगिसकेका विद्यार्थी, प्रशान्त महासागरीय क्षेत्र र दक्षिणपूर्वी एसियाली मुलुकका आवेदक तथा विद्यावारिधि अध्ययन गर्ने विद्यार्थीका हकमा भने लागू हुने छैन।

एक पाठ्यक्रम सकिएपछि भिसा अवधि लम्ब्याउन न्यून स्तरका सस्ता वा गुणस्तरहीन कलेजमा भर्ना हुने भिसा हपि’ प्रवृत्तिको अन्त्य गर्न सरकारले कडाइ गरेको छ। अब विद्यार्थीले आफ्नो अध्ययनको तह बढाउन (जस्तै, ब्याचलर्सपछि मास्टर्स गर्न) मात्र भिसा नवीकरणको स्वीकृति पाउनेछन्।

कृषि क्षेत्रमा मुख्य श्रमिकका रूपमा प्रयोग हुने १८ देखि ३० वर्ष उमेर समूहका ब्याकप्याकर्सका लागि वर्किङ होलिडे भिसामा गोलाप्रथा लागू गरी कोटा तोकिएको छ। दोस्रो वर्षको भिसा थपका लागि प्रतिस्पर्धा गर्नेहरूको सङ्ख्या ४५ हजार र तेस्रो वर्षका लागि पाँच हजारमा सीमित गरिएको छ।

अस्ट्रेलिया ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार देशको जनसङ्ख्या सन् २०२६ को मार्चसम्ममा १.४ प्रतिशतले बढेर २ करोड ७९ लाख पुगेको छ, जसमा खुद वैदेशिक बसाइसराइ २ लाख ९२ हजार १०० रहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्