राजनीति

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टीको विवादका विषयमा सर्वोच्च अदालतले उहाँको पक्षलाई निस्सा दिएपछि देउवाको त्यस्तो विचार आएको हो ।  

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ विचार गोष्ठीमा बोल्दै उहाँले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्नुभएको हो  ।

रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा. प्रकाशशरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायत नेताहरूले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यानसम्मत नियमित महाधिवेशनमा जानुपर्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्