अर्थ

डब्लुटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन टेबल टेनिस टोली थाइल्यान्डमा

काठमाडौं। डब्लुटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेबल टेनिस टोली मंगलबार थाइल्यान्डको बैंकक पुगेको छ । टोली मंगलबारै थाइल्यान्ड प्रस्थान गरेको हो ।

सेप्टेम्बर ९ देखि १२ तारिखसम्म फेसन आइल्यान्ड बैंककमा हुने प्रतियोगितामा २ ब्वाइज तथा ४ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

ब्वाइजमा सुगम पौडेल र निरभ महर्जन तथा गल्र्समा सुस्मिता खड्का, प्राज्ना महर्जन, उरवी सुवाल र आभा प्रधान रहेका छन् । खेलाडीले यु–१९ गल्र्स सिंगल्स, यु–१७ ब्वाइज सिंगल्स, यु–१५ ब्वाइज÷गल्र्स सिंगल्स, यु–१३ गल्र्स सिंगल्स र यु–१५ मिक्स डबल्समा सहभागिता जनाउने छन् ।

टोलीको प्रशिक्षकमा राकेश महर्जन छन् । प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्