नेपाल
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
काठमाडौ । सरकारले समाचार लेखेकै कारण जनास्थाका साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बुधबार बेलुका कुसुन्ती स्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो।
गृहमन्त्री सुधन गुरुङको बिचौलियाहरुसंगको सम्बन्ध र आर्थिक चलखेल सम्बन्धि तथ्यपरक समाचार प्रकाशित गरेपछि रुष्ट बनेको बालेन सरकारको ठाडो निर्देशनमा श्रेष्ठलाई पक्राउ गरिएको स्रोतको दाबी छ।
यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सहकारी ठगीमा गरेको कर्तुत र राहदानी दुरुपयोग सम्बन्धि समाचार प्रकाशन गरेका श्रेष्ठले जनआस्था मार्फत सरकार र सत्तारुढ राजसभाका सांसदहरूका विभिन्न गतिविधि सम्बन्धी समाचार प्रकाशन गर्दै आएका थिए।