नेपाल

बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ । भोलि शुक्रबार कोशी, मधेश र बागमती प्रदेश  लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने छ । 

कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

पर्सी शनिबार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने छ । 

भोलि र पर्सी राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्