नेपाली कांग्रेस संस्थापन इतर समूहको भेलालाई शेखर कोइरालाले संबोधन गर्ने
काठमाडौं । डा शशांक कोइराला नेतृत्वको नेपाली कांग्रेस संस्थापन इतर समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शशांक कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसको समूहले २९ गते काठमाडौंमा भेला आयोजना गरेको छ ।
राष्ट्रिय भेलामा नेता सहभागी हुने नेता डा. शेखर कोइरालाले जानकारी दिनु भएको छ । डा शशांक कोइराला नेतृत्वको नेपाली कांग्रेस संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित बैठकहरुमा देखा नपरेका डा. शेखर कोइराला भेलामा भने सम्बोधन गर्न जान लागेका हुन्।
पार्टीभित्रको आन्तरिक विवादमा नेता कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। नेपाली कांग्रेस संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना गरेको छ।
भेलालाई नेपाली काँग्रेसका पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। आधिकारिकता विवादमा सर्वोच्चबाट निस्सा पाएपछि यो समूह उत्साहित बनेको छ। फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको छ।