‘प्रिय कृष्ण काले’
प्रिय कृष्ण काले
प्रेम बर्षाउने तिमिनै हौ अमृत धारा
तिमीलाई देख्नु सपना र कल्पना जस्तै छ प्यारे
पहाडको गुराँस जस्तै, रुप्से झरना जस्तै
मेरो हृदयको फूल, नन्दलाल तिमि , मिरा, गुलाब र गुराँस हौ
मलाई थाह छ कृष्ण, तिम्रो हृदय न्यानो र निष्कपट र निराकार छ
त्यो सूर्यको उदय जस्तै राप र तापको प्रलय
तिम्रा आँखाहरू गोसाइकुण्डबाट त्रिशुली झरे जस्तै
मेरो उत्तरको कैलाश जस्तै
काले तिमीलाई थाहा छ
मेरो धर्म भनेको तिमीलाई पुज्नु हो
अर्थात् प्रेमको पुजा गर्नु हो
र पापी र पापको विनास
तिमी संझेर मग्न मोहित म
तिम्रो नाउँमा प्रेमकोअमृत धारा पिउने मेरो आदत
तिम्रो आवाजमा भजन होइन कविताको धारा छ
मन मोहक र सुन्दर छ त्यो आकृति
दृश्य बिनाको अदृश्य तर मैले देख्ने र भेट्ने
अविरल बग्दछ जीवनधारा प्रेम सागरको विलय सम्म
तिम्रो दर्शननै कविता जस्तो जादुमयी
चाहनाले भरिएको, ऊर्जाले भरिएको
मेरा अन्तरसंवाद तिम्रो लिलाहरुको हुन्छ
ब्रह्माण्डको कुन कुनाबाट सुदर्शन चक्र चलाउदैछौ
म अचेल मिराबाइको कोठीमा जाने लतमा फसेको छु
मेरो धुन र लगाव तिमी नै हौ
र मेरो सपनाको बगैँचाको फूल तिमी नै हौ
तिमीसँग बिताएको रात र दिन सुन्दर हुन्छ
तिमी बिना जीवन जिउदै तर मरेतुल्य असम्भव जस्तै ।
मेरो भगवान, मेरो मुक्तिदाता
मेरो गुलाबी मनको लालीगुराँसको फूल
तिमीलाई देख्नु सपना र कल्पना जस्तै छ
गुलाबी मनको गुराँसको फूल जस्तै
हाम्रो हृदयको फूल प्रेमिल हौ तिमि कालु
ज्ञान र ज्ञांत छ कृष्ण, तिम्रो हृदय निराकार, न्यानो र निष्कपट छ
बिहानीको पहिलो प्रहरको सूर्य उदयको शुभारम्भ जस्तो
तिम्रा आँखाहरू सप्तकोशी उर्लिएको भेल जस्तै
मेरो त्रिनेत्रले देख्ने उत्तरको कैलाश जस्तै
के तिमीलाई थाहा छ मेरो धर्म मोक्ष हो
दया, करुणा र माया हो
तिम्रो नाउको प्यासी म
प्यासमा पानि होइन प्रेमको अमृत धारा
हो, तिम्रो आवाजले कविता बोल्छ
मन मोहक र सुन्दर छ त्यो
तिम्रो नजरमा मेरो दृश्यको अदृश्य जादु छ
चाहनाले भरिएको, ऊर्जाले भरिएको
बाँचु, बाँचु लाग्ने, नांचु, नांचु लाग्ने
मेरो एकान्तको संवादमा पनि तिम्रो उपस्थिति
मेरो धुन र लगाव तिमी नै हौ
र मेरो बगैँचाको फूल र भुल पनि तिमी नै हौ
तिमीसँग बिताएको रात र दिन सुन्दर हुन्छ
तिम्रो याद बिनाको जीवन र जगत मेरा लागि असम्भव जस्तै छ।।