राजनीति

प्रधानमन्त्री शाह न्युयोर्कमा

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका आइपुग्नुभएको हो ।

प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू रहनुभएको छ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह अमेरिका आइपुग्नुअघि परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कमा आयोजित विभिन्न द्विपक्षीय तथा साइडलाइन कार्यक्रम र भेटवार्तामा व्यस्त रहनुभएको छ। परराष्ट्रमन्त्री खनालले महासभाका अवसरमा विभिन्न मुलुकका समकक्षी तथा उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहनुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्