मनोरंजन

गायिका संगीता भण्डारीको तीज गीत ‘रानीहार’ सार्वजनिक

इलाम । नेपाली नारीहरुको हरितालिका तीज नजिकिएसँगै इलामको माइजोगमाईकी संगीता भण्डारीको ‘रानीहार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तीजको मौलिक्ता समेटेर तयार गरिएको गीतको म्यूजिक भिडियो ‘रानीहार’ डुस म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।

गीतकार डिपी खनालको शब्द, शंकर थापाको संगीत, केशबराज भट्टको निर्देशनमा तयार भएको गीतमा नव गायीका भण्डारीको स्वर रहेको छ । गीतको संगीत संयोजन विषम आचार्यले गर्नु भएको छ ।

‘रानीहार’को म्युजिक भिडियोमा गायिक भण्डारीसँगै यासु भट्टराई र मिलासा वाग्लेको अभिनय रहेको छ । विशाल थापालले छायाङ्कन गर्नुभएको भिडियोमा सरोज बुढाथोकीले मेकअप तथा दीपक विष्टले भिडियोको सम्पादन तथा कलर गर्नु भएको छ । नृत्यतर्फ श्याम पटेलको सहकार्य रहेको गायिका भण्डारीले जानकारी दिनुभयो ।

गायिका भण्डारीले ‘रानीहार’ २२ बर्ष पछि निकालिएको गीत भएको बताउनु भयो । उहाँ २२ वर्ष अघि काठमाडाैंमा संगीत सिक्नुका साथै म्यूजिक फिल्डमा सक्रिय रहनु भएको थियो ।

पछिल्लो समय भारतको सिलिगुडी बस्दै आउनुभएकी गायीकाले चार वर्षअघि गायक स्वरूपराज आचार्यसँग गाएको गीत सार्वजनिक गर्नु भएको थियो । उहाका अन्य गीतको भिडियो निर्माणको काम भैरहेको छ भने तीज लगतै ती गीत सार्वजनिक गरिने छन ।

इलामको माईजोगमाई १ शंकाबुङ निवासी भण्डारी संचार क्षेत्रमा समेत सक्रिय रहनु भएको छ । उहाले भारतको केएटिएच एफएम र दर्बी इन्टरनेसनल एफएममा लामो समय प्रस्तोताको रुपमा काम गर्नु भएको थियो । भण्डारी सञ्चारसँगै गायन क्षेत्रमा पनि आफनो पहिचान बनाउने तयारीमा रहनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्