ब्ल्याकपिंककी जेनीले एक अज्ञात पुरुषसँगको प्रेमिल तस्बिर सार्वजनिक गरे लगत्तै भाइरल
लस एन्जलस। ब्ल्याकपिंककी गायिका जेनीले आफ्नो पछिल्लो सामाजिक सञ्जाल पोस्टको साथ प्रशंसकहरूलाई आफूतिर ध्यान आकृष्ट गरेकी छिन।
गायिकाले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा तस्बिर साझा गरेकी छिन् जसमा उनी एक रहस्यमय मानिसको काँधमा झुकेको देखिन्थ्यो।
उनको अनुहार सेतो मुटुको स्टिकरले लुकाइएको थियो, जसले गर्दा यो तश्वीरमा उनि हुन् कि होइनन भनेर उनका प्रसंसक केहि बेर अन्योलमा परे ।
जेनीले पोस्टको साथ कुनै स्पष्टीकरण साझा गरेनन्, तर उनको त्यो तश्वीर चाँडै अनलाइन भाइरल भयो। प्रशंसकहरूले अनुमान लगाए कि यो सम्भावित “सफ्ट लन्च” हुन सक्छ, जुन आधिकारिक घोषणा नगरी रोमान्टिक सम्बन्धलाई चर्चामा ल्याउने लोकप्रिय उपाए हो।
एकजना शुभेच्छुक ‘एक्स’मा लेखे, “के त्यो उनको प्रेमी हो?!” अर्का सुभेछुक ल्यारी लेख्छिन, “यदि त्यो ‘बकवास’ निस्कियो र उनको प्रेमी होइन रहेछ भने त निकै लज्जास्पद हुनेछ।” अर्को एकजनाले टिप्पणी गरे, “पख त, यो त कति प्यारो छ!”
“ल ठीक छ, तर… त्यो मान्छे को हो, अनि त्यहाँ म किन छैन त??? जेनी???” एक प्रशंसकले टिप्पणी गरे।