इमिग्रेशन अपडेट

न्याय विभागले अंगीकृत नागरिकता प्राप्त १० जनाको अमेरिकी नागरिकता खारेजी प्रक्रिया अघि बढायो

न्याय विभागले मेरिकी नागरिकता खारेजी प्रक्रिया अघि बढाएकाहरुमा क्युबाका आप्रवासी योस्कमाइकल रोड्रिगेज पेरेज, मेक्सिकोका सेफ्लो लुभियानो-मोजिका, मार्टिन गार्सिया कार्डिएल, फ्रान्सिस्को मोन्टाानो, उर्बानो भाज्केज ओर्टेगा, एन्टोनियो अल्कान्टारा-रुई, ओमार कान्टु-मोन्टाल्भो, पाकिस्तानका मुर्तजा अलि, पेरुका जिमी अगुएरो र पोल्याण्डका मार्किन स्टानिस्लाव गार्बाच रहेका छन्।

वाशिंगटन। न्याय विभागले अमेरिकी गृह सुरक्षा विभागको आग्रहमा अमेरिकी जिल्ला अदालतहरूमा १० जना व्यक्तिहरू विरुद्ध नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। उनीहरूमाथि बालबालिकामाथि यौन दुर्व्यवहार, स्वास्थ्य सेवा तथा वायर फ्रड, आप्रवासनसम्बन्धी ठगी र लागु औषध बिक्रि वितरण गरेको गम्भीर अपराधको आरोप लगाउदै उनीहरुको नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाएको हो।

‘आप्रवासन तथा राष्ट्रियता ऐन’ अनुसार, यदि कुनै व्यक्तिले गैरकानुनी रूपमा, महत्त्वपूर्ण तथ्य लुकाएर वा जानाजानी गलत विवरण पेश गरेर अमेरिकी नागरिकता प्राप्त गरेको पाइएमा, उसको नागरिकता खोसिन सक्छ र नागरिकता प्रमाणपत्र रद्ध हुन सक्छ।

“नागरिकता प्राप्त गर्ने प्रक्रियामा ठगी गर्दा तपाईंले आफ्नो अमेरिकी नागरिकता कायम राख्ने अधिकार गुमाउनुहुन्छ,” डिएचएसका सचिव मार्कवेन मुलिनले भने। “आपराधिक आप्रवासीहरूले त्यो अधिकार गुमाएका छन् र वास्तविक अमेरिकी नागरिकहरूलाई हानि पुर्‍याउँदै हाम्रो आप्रवासन प्रणालीको दुरुपयोग गरेका छन्। डिएचएस आफूसँग उपलब्ध सबै उपायहरू प्रयोग गरेर उनीहरुको नागरिकता खारेज गर्न प्रतिबद्ध छ।”

कार्यवाहक महान्यायाधिवक्ता टड ब्लान्चका अनुसार बाल यौन अपराधी, करिब ९ लाख डलर बराबरको ‘मेडिकेयर’ ठगी गर्ने व्यक्ति र कोकिन तस्करसहितका यी १० आपराधिक विदेशीहरूले झूटो विवरण पेश गरेर अमेरिकी नागरिकता प्राप्त गरेका थिए । उनीहरुले गलत विवरण पेश गरी तथा आफ्ना अपराधहरू लुकाएर नागरिकता प्राप्त गरेका थिए। ब्लान्चका अनुसार न्याय विभागले अमेरिकाको नागरिकता प्राप्ति प्रक्रियाको विश्वसनीयता पुनर्स्थापित गर्न नागरिकता खारेज गर्ने कारबाहीलाई आक्रामक रूपमा अघि बढाउदैछ ।

न्याय विभागको सिभिल डिभिजनका सहायक महान्यायाधिवक्ता ब्रेट ए. शुमेटले भने, ‘अमेरिकी नागरिकता प्राप्त गर्न ठगीको सहारा लिने अपराधीहरूलाई हामी कुनै छुट दिने छैनौं।’

न्याय विभागले मेरिकी नागरिकता खारेजी प्रक्रिया अघि बढाएकाहरुमा क्युबाका आप्रवासी योस्कमाइकल रोड्रिगेज पेरेज, मेक्सिकोका सेफ्लो लुभियानो-मोजिका, मार्टिन गार्सिया कार्डिएल, फ्रान्सिस्को मोन्टाानो, उर्बानो भाज्केज ओर्टेगा, एन्टोनियो अल्कान्टारा-रुई, ओमार कान्टु-मोन्टाल्भो, पाकिस्तानका मुर्तजा अलि, पेरुका जिमी अगुएरो र पोल्याण्डका मार्किन स्टानिस्लाव गार्बाच रहेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्