युएनडिओ अमेरिकाको अध्यक्षमा प्रतिष्ठित व्यावसायी राजेश पाण्डे मनोनित
व्यावसायी पाण्डे नेपाल च्याम्बर अफ कमर्स अमेरिकाको संस्थापक सदस्य हुन् भने नेपाल तयारी पोशाक संघको विदेश विभाग संयोजक रहेकाछन्। उनी अमेरिकाको क्यालिफोर्निया राज्यको नर्वाक सहरमा स्थापित श्री पशुपतिनाथ फाउण्डेशनको प्लाटिनम सदस्य पनि हुन्। फाउण्डेशनले पचास हजार डलरभन्दा बढी अनुदान दिने दाताहरूलाई प्लाटिनम सदस्यता प्रदान गर्दछ।
लस एन्जलस । युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) अन्तर्राष्ट्रीय समितिले नेपाली मूलका प्रतिष्ठित व्यावसायी राजेश पाण्डेलाई युएनडिओ अमेरिकाको प्रेसिडेण्टमा मनोनित गरेको छ। युनडिओ संस्था एनआरएनए जस्तै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सन् २०२४ को जनवरी ३१ तारिख दर्ता भएको सामाजिक संस्था हो।
यसका प्रमुख संरक्षकमा एनआएनएका पूर्व अध्यक्ष एवं अस्ट्रेलियाका विश्वचर्चित व्यावसायी शेष घले रहेका छन् भने अन्तर्राष्ट्रीय प्रेसिडेण्ट सोनाम लामा हुन्। प्रेसिडेण्ट लामा पनि नेपाल र अमेरिकामा सुपरिचित व्यावसायी र एनआरएनएका पूर्व उपाध्यक्ष हुन्।
युएनडिओले प्रवासी नेपाली समुदायलाई सशक्त बनाउने, विश्वभरिका नेपालीहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्ने तथा सामूहिक प्रयास र साझा स्रोतसाधनमार्फत नेपालको विकासमा योगदान पुर्याउने आफ्नो लक्ष लिएको छ।
अमेरिकाको लस एन्जलस, क्यालिफोर्निया निवासी नवनियुक्त अध्यक्ष राजेश पाण्डेको जन्मस्थल नेपालमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका मदानपुर हो। उनकी श्रीमति, छोरा-२ र छोरी-१ सहित लामो समय देखि अमेरिकामा व्यपार व्यावसाय र सामाजिक कार्यमा सक्रिय छन् ।
व्यावसायी पाण्डेले सन् २००७ देखि अमेरिकामा बसोबास गर्दै आएकाछन् भने पाण्डे ग्रूप ईंक (जेनेरल होलसेल मर्कण्डाईज) र पाण्डे ग्रूप ईन्भेस्टमेण्ट (रियलस्टेट) मार्फत मल्टीमिलियन डलर बराबरको व्यावसाय सन्चालन गर्दछन्।
नेपालमा व्यावसायी पाण्डेको काठमाण्डौंको पर्यटन केन्द्र ठमेलमा आफ्नै १ रोपनी १० आना जग्गामा थ्रि स्टार होटल कैलाशकुटी सन्चालनमा छ। झण्डै रू. डेढ अर्ब लगानी रहेको यो होटल चार तारे मान्यता प्राप्त गर्ने क्रममा रहेको छ।
त्यसैगरी, व्यावसायी पाण्डेको काठमाण्डौंकै मनमैजुमा दुई रोपनी आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न लोटस क्लव सन्चालनमा छ।
व्यावसायी पाण्डे नेपाल च्याम्बर अफ कमर्स अमेरिकाको संस्थापक सदस्य हुन् भने नेपाल तयारी पोशाक संघको विदेश विभाग संयोजक रहेकाछन्। उनी अमेरिकाको क्यालिफोर्निया राज्यको नर्वाक सहरमा स्थापित श्री पशुपतिनाथ फाउण्डेशनको प्लाटिनम सदस्य पनि हुन्। फाउण्डेशनले पचास हजार डलरभन्दा बढी अनुदान दिने दाताहरूलाई प्लाटिनम सदस्यता प्रदान गर्दछ।
युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) अन्तर्राष्ट्रीय समितिले यहीं जुलाई १०, २०२६ मा युएनडिओ अमेरिकालाई आफ्नोराष्ट्रिय संगठनको रूपमा औपचारिक मान्यता प्रदान गरेको हो। सो मान्यतासंगै पाण्डेलाई प्रेसिडेण्ट मनोनित गरिएको हो। युएनडिओले निकट भविष्यमा अमेरिका क्षेत्रका प्रवासी नेपालीहरूको प्रतिनिधित्व गराउँदै कार्यसमितिलाई पूर्णता दिईने र संगठन विस्तारको कार्यलाई अगाडि बढाउने जानकारी गराएकोछ।
यस अघि स्पेन र मकाउमा राष्ट्रिय समितिहरू स्थापना मान्यता प्रदान गरिएको छ भने क्यानाडा, युरोप, ओसियाना, एशिया र मिडिल ईस्टमा राष्ट्रिय समितिहरू निर्माणक्रममा रहेको युएनडिओ) अन्तर्राष्ट्रीय समितिका महासचिव कृष्ण सन्जेल केसीले जानकारी गराएकाछन्।