राजनीति

कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको हो । अदालतको सो आदेशसँगै कांग्रेसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने भएको हो ।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकन गर्न माग गर्दै निवेदन दिनुभएको थियो । अदालतले पुनरावलोकन गर्न ‘निस्सा’ (अनुमति) प्रदान गरेको हो ।

यसअघि, न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्