खेलकुद

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

काठमाडौं । जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन् । ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन् । प्रशिक्षक संख्या ३२ रहेको छ ।

नेपालबाट आर्चरीमा १÷१ पुरुष÷महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २÷२ पुरुष÷महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष÷महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुने छन् ।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३÷३ पुरुष÷महिला, कबड्डीमा १२–१२ पुरुष÷महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १÷१ पुरुष÷महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३÷३ पुरुष÷महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

चीनको हाङझावमा भएको १९ औं एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए । १ सय २६ पुरुष र १ सय २७ महिला खेलाडीले भाग लिए ।

हाङझाव एसियाडमा नेपालले समान १–१ रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए । एसियाडमा दुवैको पहिलो सहभागिता थियो । २० औं एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्