नेपाल

उपत्यकाको तिन जिल्लाका पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेल ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन् ।

बन्द सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडरलगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ ।

यसैगरी, बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ ।

कान्तिलोकपथअन्तर्गत हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो ९तातोपानी जाने बाटो तथा कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्