डायस्पोरा

कोलोराडोमा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको समर पिकनिक सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो । कोलोराडोमा रहेका नेपालीभाषीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै आइतबार सम्पन्न भयो ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र्नथग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउसो ३ बजे देखी ८ बजेसम्म आयोजित पीकनिक कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।

त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बाल बालिकाहरकालागी कोक फेन्टा स्प्राइड खेल, सहभागी सबैकालागी कुइच,बिंगो, राफल चिट्टा लगाएतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष हरि गुरुङ लगायतका पदाधिकारीहरुले नगद तथा आइप्याड पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा केहीले नेपालीको पहिचाहन लगाएर आएका थिए । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही डुङ्गामा बसि तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए ।

पीकनिकमा बितरित केही खाना स्थानिय केही रेष्टुरेन्टहरुले सौजन्य रुपमा उपलब्ध गराएका थिए भने केहीे परिकारहरु संस्थाका कार्यसमितीका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरेका थिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष हरि गुरुङले उपस्थित सबैलाइ स्वागत गर्दै यहां बसोवास गर्दै आएका नेपालीभाषी दाजुभाई दिदी बहिनीहरुलाई मनोरञ्जनका साथै एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न पिकनिक आयोजना गरिएको भन्दै उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।

त्यसैगरी हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले नेपालीभाषी समुदायलाइ एकताबद्ध गर्न धेरैबर्ष अगाडी देखी सुरुगरिएको र्कायक्रमलाइ निरन्तरता दिइरहेकोमा संस्थालाइ धन्यवाद दिएका थिए । कार्यक्रम रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका सांस्कृतिक सचिव रेखा देउरालीले संचालन गरेकि थिइन ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्