राजनीति
हिन्दु राज्य पुनर्स्थापना लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।
प्रसाईंले आजै पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए।
नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ परेको पुष्टि गरेको छ ।