एक्सक्लुसीभ

एमालेको बन्दसत्र दिउँसो सवा १२ बजेबाट सुरु हुने

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समय सारिएको छ। आज बिहान ८ बजेका लागि तय गरिएको बन्दसत्र अब दिउँसो सवा १२ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय कमिटीको अन्तिम बैठक आज बिहान ९ बजे बस्ने भएकाले बन्दसत्रको समय सारिएको हो। हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि आजबाट बन्दसत्र सुरु हुन लागेको हो।

शनिबार भक्तपुरमा औपचारिक रूपमा उद्घाटन भएको नेकपा (एमाले)को एघारौँ महाधिवेशनको बन्दसत्र आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा नेतृत्व चयनलगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

केन्द्रिय कमिटीको बैठकबाट भदौमा सम्पन्न बिधान महाधिवेशनबाट तोकिएको केन्द्रिय कमिटी र पदाधिकारीको संख्या बढाउने र महाधिवेशनबाट अनुमोदन गराउने तयारी संस्थापन पक्षले गरेको छ । महाधिवेशनमा अध्यक्ष पदका दावेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको बिरोधका कारण महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकले संख्या बढाउने अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन हुन सकेको थिएन ।

बिधान महाधिवेशनले केन्द्रिय कमिटी २५१ र पदाधिकारी को संख्या १५ तोकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.