नेपाल

जनकपुरधाममा लगाइँदै आएको निषेधाज्ञा सोमबारबाट हटाइने

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा भोलि बिहान ५ः०० बजेबाट हटाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेले आज एक सूचना जारी गर्दै भाेली १८ गते बिहान ५ः०० बाट जनकपुर क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेश हटाइएको बताउनुभयो । साउन १६ गतेबाट जनकपुरधामको चार किल्ला क्षेत्र तोकेर निषेधाज्ञा आदेश जारी गरिएको थियो ।

प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको जनाउँदै निषेधाज्ञा आदेशे हटाइएको जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्