नेपाल

बाढीले सडक बगाउँदा सडक मध्यपहाडी लोकमार्ग लमजुङ खण्ड अवरुद्ध

लमजुङ । बाढी र पहिरोले सडक बगाउँदा लमजुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका ६, पिस्ती खोलामा आएको बाढीले सडक बगाउँदा सडक अबरुद्ध भएको छ । यस्तै, मध्यनेपाल नगरपालिका १० मा पर्ने विमिरे भञ्ज्याङमा खसेको पहिरोले सडक बगाउनुका साथै पुरेको छ ।

पहिरोले राइनास नगरपालिका ६, धमिलिकुवा गौलीटारमा पनि सडकमा क्षति पुर्‍याएकाे हाे । बाढी र पहिरो दुवैले मध्यपहाडी लोकमार्ग विभिन्न ठाउँमा अवरुद्ध प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले सडक खुलाउन पहल भइरहेको र समय लाग्ने भएकाले तत्कालका लागि बैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुभयो ।

मध्यनेपाल भोर्लेटारस्थित सञ्चारकर्मी सुरज गुरुङले सदरमुकाम बेंसीसहर आउजाउका लागि भोर्लेटारको रानिपानी, काउरे, बाँग्रे, थान्सिङडाँडाको चौतरा हुँदै बैकल्पिक सडक प्रयोग गर्न सुझाव दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्