मनोरंजन

लोकप्रिय सांगीतिक समूह बिटिएसले ग्रामी अवार्डका लागि आफ्नो संगीत नपठाउने

'समूहले यस निर्णयको कारण पनि स्पष्ट पारेको छ। "म आशा गर्छु कि संगीतलाई क्षेत्र वा भाषाका आधारमा विभाजित गर्नुको सट्टा, त्यसको वास्तविक स्वरूपमै सुनेर र मन पराइनेछ।'

लस एन्जलस । ग्रामी अवार्डका लागि बलियो दाबेदार चर्चित सानागीतिक समूह बिटिएसले सन् २०२७ को ग्रामी अवार्डका लागि प्रतिष्पर्धा नगर्ने पुष्टि गरेको छ।

बिटिएसले सन् २०२७ को ग्रामी अवार्ड्समा प्रतिष्पर्धा नगर्ने घोषणा गरेको खवरले यो ब्याण्डका समर्थकहरु आस्च्रय्मा परेका छन् ।

समूहका सदस्यहरु आरएम , जीन, सुगा, जे-होप, जिमिन, भी र जंग ककले यस वर्ष ग्रामी अवार्डका लागि आफ्नो संगीत मनोनयनमा नपठाउने निर्णय गरेको जानकारी बुधबार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् ।

इन्स्टाग्राममा भनिएको छ, ‘हामीले यस वर्ष ग्रामी अवार्डका लागि आफ्नो संगीत नपठाउने निर्णय गरेका छौं।’

विज्ञप्तिमा भनिएको छ, ‘समूहले यस निर्णयको कारण पनि स्पष्ट पारेको छ। “म आशा गर्छु कि संगीतलाई क्षेत्र वा भाषाका आधारमा विभाजित गर्नुको सट्टा, त्यसको वास्तविक स्वरूपमै सुनेर र मन पराइनेछ।’

सन्देशमा आरएम , जीन, सुगा, जे-होप, जिमिन, भी र जंग ककले आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएका छन्। ‘आर्मी) र सधैं हामीसँग रहनुहुने सबैलाई धन्यवाद।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्