मनोरंजन
पलेँटीमा मदनकृष्ण श्रेष्ठले छोरा यमन श्रेष्ठसंगै गाउदा दर्शक झुमे
काठमाडौँ । पलेँटीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको संयुक्त गायन प्रस्तुति सम्पन्न भएको छ । १८ वर्षपहिले आफ्नो प्रस्तुति दिएका श्रेष्ठले यस पटक छोरा यमनका साथ प्रस्तुति दिएका छन् ।
नेपालयले आयोजना गर्ने पलेँटीमा श्रेष्ठले आफ्ना कालजयी तथा नयाँ गीत प्रस्तुत गर्नु हुने छ । उहाँले गाउनुभएको ‘अरबौँ मान्छेहरूमा…’, ‘खोलावारि खोलापारि…’, ‘फूलबुट्टे सारी…’, ‘सयथरी बाजा…’, ‘बिर्सिदे भन्छौ मायालु…’, ‘पहाड भो मलाई…’ लगायतका गीत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।