राजनीति

कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा शाही नियुक्त

नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बन्नुभएको हो ।

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आज शाहीलाई कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीलाई शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले समर्थन गर्नुभएको थियो ।

दुवै दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिनुभयो । नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बन्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्