तमु समाज बार्सिलोनाको छैटौँ अधिवेशनद्वारा बेलकाजी गुरुङ अध्यक्षमा निर्बोरोध निर्वाचीत
बार्सिलोना। तमु समाज बार्सिलोना स्पेनको छैटौँ अधिवेशनबाट बेलकाजी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। हार्दिक आइतबार बार्सिलोनामा सम्पन्न छैटौँ अधिवेशनले बेलकाजी गुरुङज्यूको अध्यक्षतामा तमु समाज बार्सिलोना स्पेनको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समीर गुरुङ, उपाध्यक्षमा मानबहादुर गुरुङ, समि गुरुङ, महासचिवमा यमकुमारी (अस्मिता) गुरुङ, सचिवमा अनिश गुरुङ, कोषाध्यक्षमा हिमान सिंह गुरुङ, सह–कोषाध्यक्षमा सञ्जीव गुरुङ, युवा तथा खेलकुद संयोजकमा विश्व गुरु सह–युवा तथा खेलकुद संयोजकमा खिमबहादुर गुरुङ रहेका छन्।
अधिवेशनले सदस्यहरूमा होमबहादुर गुरुङ, अमृत गुरुङ, भगवान गुरुङ, सचिन गुरुङ, पुनम गुरुङ, रेवाती गुरुङ, हेमा गुरुङ, सजाना गुरुङ, अन्तिम गुरुङ, खेम गुरुङ, रमेश गुरुङ, सुरेश गुरुङ, श्रेया गुरुङ र पिन्की गुरुङ रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले तमु समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र संस्थागत विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
अधिवेशनमा आठ वर्षसम्म तमु समाज बार्सिलोनाको नेतृत्व गर्दै संस्थालाई मजबुत, सक्रिय र उन्नत बनाउन उल्लेखनीय योगदान पुर्याउनु भएका निवर्तमान अध्यक्ष गौतम गुरुङ र सम्पूर्ण कार्यसमितिप्रति कृतज्ञता व्यक्त गरिएको थियो ।