टोक्यो । जापानमा विभिन्न पेशा, व्यवसायमा सक्रिय गुरुङहरूको छाता संगठन गुरुङ समाज जापानले जुन २८ आइबार बीबीक्यूसहित वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
जापानमा बसोबास गर्ने गुरुङ तथा अन्य नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जापानवासी गुरुङ लगायत सम्पूर्ण नेपालीहलाई एकै थलोमा भेला गराउने उद्देश्यसहित राजधानी टोकियोस्थित कसै रिंकाई पार्कमा वनभोज आयोजना गरिएको हो ।