डायस्पोरा

कृष्ण पन्थि एनआरएनए कतारको अध्यक्षमा निर्बिरोध निर्वाचित

दोहा । गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको २०२५-२०२७ कार्यकालका लागि महाधिवेशनबाट कृष्ण पन्थि निर्विरोध निर्वाचित भएका छन् । पन्थि यस अघि राष्ट्रिय समन्वय परिषद कतारको उपाध्यक्ष रहेर कतारको नेपाली समाजको हितमा क्रियाशील रहदै आएका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थ, एवं परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा महाधिवेशन सम्पन्न भएको हो ।

एघारौँ महाधिवेशनको बन्द सत्रबाट विजयी भएका एनआरएनए आइसीसी सदस्यहरूमा धनबहादुर बलाएर, शेख हनिफ साहिल हनिफ खान, ध्रुवराज अधिकारी, टिकाराम डुम्रे र गोपाल डाँगी रहेका छन् ।

एनसीसी कतारको २०२५/०२७ कार्यकालका लागि कृष्ण पन्थीको अध्यक्षतामा प्रथम उपाध्यक्ष रबिन मगर, द्धितीय उपाध्यक्ष सन्तोष पौडेल, तृतीय उपाध्यक्ष जहागिर आलम, महिला उपाध्यक्ष टौमाया गुरुङ, युवा उपाध्यक्ष मेहर सिंह तामाङ, महासचिव विवेक पुलामी मगर, सचिवहरू बुद्ध पाण्डेय, सुजन गुरुङ र अर्जुन संग्रौैला, कोषाध्यक्ष कविन्द्र कँडेल, सह–कोषाध्यक्ष कान्छा श्रेष्ठ(अजय), महिला संयोजक कल्पना पुन मगर र युवा संयोजक केशव राज मल्ल (केशु) निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरूमा रिता पोखरेल, इन्दिरा शाह, राम चन्द्र गिरी, अमृत विश्वकर्मा प्रकाश दर्नाल, दर्शन सुनार, गणेश अधिकारी, राजन चापागाईँ, तारा टमाटा (कमल), डिल्ली राम भट्टराई, मोहम्मद रफिक रायन, विश्वनाथ भट्टराई, गोरख बहादुर चन्द ठकुरी , मो.अनवारुल हक, शेख मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा, कृष्ण भण्डारी, पुष्कर बहादुर साउद रहेका छन् ।
राम प्रसाद गौतमको संयोजकत्वमा कमल खत्री र अशोक आले मगर रहेको लेखा समिति समेत निर्विरोध चयन भएका छन् ।

महाधिवेशनबाट टक कुमार खड्का (कुमार)को संयोजकत्वमा कल्याण थापा र अर्जुन खड्का सदस्य रहने गरी अनुशासन समिति गठन गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.