डायस्पोरा

कास्की समाज जापानको वनभोज सम्पन्न

टोकियो । कास्की जिल्लाबाट जापानको विभिन्न क्षेत्रमा आएर अध्यन, काम र बसोबास गर्ने नेपालीहरुको साझा संस्था कास्की पोखरा समाजले जापानमा बसोबास गर्ने नेपाली समुदाय कास्केलीको उपस्थितिमा वृहद वनभोज कार्यमा सम्पन्न गरेको छ ।

परदेशमा बसेर आफ्नोपन साटासाट गर्ने उद्देश्यसहित आयोजित बिबिब्यू समर पार्टीमा जुलाई ७ आइतबार टोकियोको साकुरात्सुमी पार्कमा आयोजना गरिएको हो ।

जापानबासी नेपाली र नेपालमा विभिन्न समाजिक कार्यका लागि रकम संकलन गर्ने उद्देश्यसहित भएको कार्यक्रममा नेपालीहरुका अतिरिक्त जापानी नागरिकहरुको पनि सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष कमल बास्तोलाले समाजको स्थापनाको उद्देश्य र गरिएका कार्यक्रमबारे जानकारी दिंदै जापानबासी नेपालीहरुको सुख, दुःखममा साथ दिने र जापानमा सिकेका ज्ञान, सीपलाई कसरी नेपालसंग जोड्ने भन्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँले कास्की पोखरा समाजले जहिल्यै केही नयाँ काम गर्न सकिन्छ कि भन्नेमा प्रयत्नशील रहेको र आगामी दिनमा जापानबासी नेपालीमा भोगिरहेका स्वास्थ्य समस्या र मृत्युपछि आइपर्ने आर्थिक समस्या समाधान गर्न लागिपरिरहेको बताउनुभयो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्