मनोरंजन

‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्‍याप भर्जन

काठमाडौँ । ‘एक मुठी बादल’ को केही समयअगाडि सार्वजनिक भएको गीत ‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्‍याप भर्जन सार्वजनिक गरिएको छ । जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रको सार्वजनिक टिजर, गीत र ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।

यो लोकलय गीत दर्शकले रुचाएकाले लिरिकल र्‍याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको छ । सुमित पाठकको सङ्गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियलजीको स्वर रहेको गीतलाई हर्क साउदले रचना गर्नुभएको हो । सुमित नेपाल आइडल सिजन–२ उपविजेता हुनुहुन्छ ।

गायकका रूपमा पहिचान बनाएका सुमितले सिनेमा सङ्गीतमा सुरुवात गर्नुभएको हो । सहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.