मनोरंजन

पलेँटीमा अभिनेता नीर शाहका गीत गुन्जिने

काठमाडौँ। गीतकार तथा अभिनेता नीर शाहका गीत मीना पोखरेल र रूपक चौधरीको स्वरमा ‘पलेँटी’ मा गुञ्जायमान हुने भएका छन् ।

हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक ‘पलेँटी’ कार्यक्रममा शाहद्वारा रचित गीत सुन्न पाइने भएको हो । शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका अभिनेता तथा निर्देशक हुनुहुन्छ ।

उहाँले रचना गर्नुभएका गीतले लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रलाई तरङ्गित बनाउँदै आएको छ ।

उहाँका ‘पर्खी बसेँ आउला भनी’, ‘कहिलेकाहीँ म हाँस्छु’, ‘गहिराइमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका कालजयी गीत रहेका छन् ।

शाहद्वारा रचित चलचित्रका गीतमा ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ पनि लोकप्रिय छन् । सङ्गीतकार नातिकाजी, शम्भुजित बाँस्कोटा, सिके रसाइली र दीप श्रेष्ठले धुन भरेका शाहका गीत ‘पलेँटी’ मा प्रस्तुत हुन लागेका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्