राजनीति

नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुटेका नेताहरूको एक बैठकले आगामी वैशाख ६ गते आइतबार काठमाडौंमा बृहत भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा पार्टीभित्र नियमित र विशेष अधिवेशन विवाद पछि उत्पन्न परिस्थिति र भर्खर सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको कमजोर प्रदर्शनको कारणका बारेमा समीक्षा गरिएको थियो।

काँग्रेस नेता विनोद कायस्थका अनुसार बैठकमा आगामी दिनमा देशमा उत्पन्न हुनसक्ने चुनौती , लोकतन्त्रको मर्म माथि नै हुनसक्ने सम्भावित प्रहार र त्यसको सामना गर्न सर्वप्रथम नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध बनाउन देशभरका अगुवा कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा व्यापक छलफल भएको थियो।

सर्वोच्च अदालतमा विचाराधीन पार्टीको आधिकारिकता विवाद र अदालतको निर्णय पछि उत्पन्न हुन सक्ने परिस्थिति निरुपण गर्न चाल्नु पर्ने कदमका बारेमा बैठकका अधिकांश वक्ताहरुले चासो र चिन्ता व्यक्त गरेका थिए।

बैठकमा नेपाली कांग्रेसका नेताहरु विनोद कायस्थ, उनेशजङ्ग रायमाझी , पुष्प पराजुली , मोहन बराल , बालचन्द्र पौडेल, भुपेन्द्र थापा,बद्री अर्याल , रामकुमार मुल्मी ,नरोत्तम वैद्य, डा। मुक्तिराम श्रेष्ठ , कृष्ण थापा मगर, अन्जान लामा , देवी आचार्य , ध्रुव पाण्डे , देवी आचार्य ,राजन केसी, प्रेम जोशी , डा लक्ष्मीकान्त पौडेल , गोपाल विश्वकर्मा लगायतका वक्ताहरुले नेपाली कांग्रेस पार्टीलाई विभाजन हुन नदिन र पार्टीलाई एकताबद्ध बनाउन जिल्ला जिल्लामा सम्बाद र छलफल अगाडि बढाउन पर्ने विचार व्यक्त गर्नुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्