डायस्पोरा

क्याम्ब्रिज परीक्षामा ४ जना नेपाली विद्यार्थीले जिते ‘वर्ल्ड टप’ अवार्ड

काठमाडौँ । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टले सन् २०२४ नोभेम्बर र २०२५ जुनको परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीहरूका लागि ’आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ घोषणा गरेको छ । यस वर्ष नेपालका ४७ जना विद्यार्थीले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलमा उत्कृष्ट नतिजासहित अवार्ड हात पारेका हुन् ।

पुरस्कृत हुनेमध्ये ४ जना विद्यार्थीले विश्वभरबाटै उच्च अङ्क हासिल गरी ’टप इन द वर्ल्ड’ को उपाधि जितेका छन्। त्यस्तै ३६ जना विद्यार्थीले नेपालभरमा एकल विषयमा उच्च अङ्क प्राप्त गर्दै ’टप इन नेपाल’ को पहिचान बनाएका छन् ।

विश्वका ४० भन्दा बढी देशमा सञ्चालन हुने यो प्रतिस्पर्धामा नेपाली विद्यार्थीको यो सफलतालाई निकै महत्त्वपूर्ण मानिएको छ । क्याम्ब्रिजको यो शैक्षिक योग्यतालाई विश्वका अग्रणी विश्वविद्यालय र रोजगारदाताहरूले उच्च मान्यता दिँदै आएका छन् ।

अवार्ड घोषणा गर्दै दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले नेपाली विद्यार्थीको लगाव र समर्पणको प्रशंसा गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्