राजनीति

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सम्पन्न

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ ।

उक्त सभालाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले कुशासन, बेथिति, बेरोजगारीको अन्त्यका लागी स्थायी सरकार आवश्यक रहेको बताउनुभयो । पार्टीले निर्वाचनबाट पाँच वर्षको स्थायी सरकार पाउने अपेक्षा गरेको उहाँले बताउनुभयो । सभापति लामिछानेले अहिलेको निर्वाचन देश बदल्ने (परिवर्तन) अवसर भएकाले रास्वपाका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास रास्वपाको एजेण्डा भएको बताउनुभयो । उहाँले सुदूरपश्चिमको विकास र समृद्धि प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो ।

सभामा रास्वपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार, नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्