साहित्य

तीन जना साहित्यकार सम्मानित

प्युठान । जिल्लाका तीन जना अग्रज साहित्यकारलाई सम्मान गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाले राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार साहित्यकारलाई सम्मान गरेको हो ।

साहित्य परिषद प्युठानका पूर्व अध्यक्ष गेहराज थापा, कमल पोख्रेल र अग्रज साहित्यकार लिला पुनलाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो । जिल्लाको साहित्यलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तीन जना साहित्यकारलाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखा अध्यक्ष सानु गुल्मेलीले बताउनु भयो ।

राष्ट्रिय एकता दिवसको अवसरमा प्रदेशस्तरीय साहित्य भेला, स्रष्टा सम्मान र परिसंवाद कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्युठानसहित रोल्पा, अर्घाखाँची, रूपन्देही र पाल्पाका साहित्यकर्मीको सहभागिता थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्