खेलकुद

एनभिए कप : उपाधि दाबेदार आर्मी क्वार्टरफाइनलमा

काठमाडौँ । उपाधिको दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सोमबार भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा हरायो ।

लगातार दोस्रो जित निकालेको आर्मीले ६ अङ्क बनाएको छ । आर्मीले कीर्तिपुरमाथि २५–१९, २५–२१, २५–२१ को नजिता निकालेको हो । यसअघि पहिलो खेलमा आर्मीले कोशी प्रदेश भलिबल सङ्घलाई हराएको थियो ।

यस्तै समूह समूह ‘सी’ को खेलमा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ को नतिजा निकालेको थियो ।

यस्तै महिलातर्फ सोमबार भएको खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले आर्मी क्बललाई ३–० को सेटमा हरायो । न्यू डायमन्डले आर्मीमाथि २५–१७, २५–१७, २५–१७ को एकपक्षीय जित निकालेको हो । लगातार दोस्रो जित हात पारेको न्यू डायमन्डले पहिलो खेलमा चुली युवा क्लबलाई हराएको थियो ।

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिता पुस १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिला टोलीबिच प्रतिस्पर्धा भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्