आईएसएफ फुटबल विश्वकपका लागि ४५ खेलाडी प्रारम्भिक छनोटमा
काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि प्रारम्भिक छनोटमा परेका ४५ खेलाडीको सूची बिहीबार सार्वजनिक गरेको छ ।
च्यासलमा बुधबार भएको छनोट प्रतियोगितामा सहभागी खेलाडी मध्येबाट ४५ खेलाडी प्रारम्भिक छनोटमा परेको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् । महासचिव कार्कीका अनुसार छनोटमा करिब ३ सय खेलाडी सहभागी थिए ।
प्रारम्भिक छनोटमा परेका खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, जोसन मोक्तान, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सागरबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, आशिष पाण्डे, दीप खत्री, कृष्ण गुरुङ, रोहन घिसिङ, हिमाल थिङ, रुविन जोहान गुरुङ, कृष्चल थापा, अभिषेककुमार पटेल र अनिल आईडी रहेका छन् ।
अन्यमा दिपेश बोहरा, आइज्याक शाही, क्रेयश सापकोटा, कुसुम प्रसाईं, मन्दिप ढुंगेल, मौलिक थापा मगर, न्युसन खड्गी, निसान तामाङ, निभान बाडे, सविन थापा मगर, सचित गंगाल, सागर श्रेष्ठ, साहिल राई थापा, समिर तामाङ, सुजन स्याङ्तान, सुमन रोकाया, सुरज बसाइली, सुरज जाइगदी, स्वराज अधिकारी, तेन्जिङ शेर्पा, याहान लिम्बू र युवराज शाही छन् ।
यि खेलाडी मध्येबाट अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपका लागि अन्तिम २० खेलाडीको छनोट गरिने आईएसएफका कार्यकारी सदस्य समेत रहेका महासचिव कार्कीले जानकारी दिए ।