खेलकुद

युएईसँग नेपाल चार विकेटले पराजित

काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल जितविहीन बनेको छ ।  

बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भयो  । यसअघि नेपालले अमेरिकासँग १०६ रन र चार विकेट तथा युएईसँग पाँच विकेटको हार बेहोरेको थियो । हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ ।  युएई समान खेलबाट १० अङ्कका साथ पुछारमा छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि करण केसीले तीन तथा नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको थियो ।   नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५ दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्