राजनीति

एमाले बैठक : राजनीतिक प्रस्तावमाथि ५० सदस्यले राखे धारणा

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘नेपालको राजनीतिक परिस्थिती र हाम्रो नीति’ विषय विशेष राजनीतिक प्रस्तावमाथि ५० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता गौतमले भन्नुभयो, “पार्टी केन्द्रीय कमिटीको १० औँ पूर्ण बैठकमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत गरेको ‘नेपालको राजनीतिक परिस्थिती र हाम्रो नीति’, विषय विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय कमिटीका सदस्यले आफ्नो राय राख्ने काम प्रारम्भ भएको छ। अहिलेसम्म ५० जना पार्टी केन्द्रीय सदस्यहरुले राजनीतिक प्रस्तावमा महत्वपूर्ण सुझावहरु दिनुभएको छ।”

उहाँका अनुसार केन्द्रीय कमिटी सदस्यले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन लगायतका विषयमा चासो राखेको छन्।

उहाँले भन्नुभयो, “ती सुझावमध्ये खासगरी, अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधि सभाको विघटनका सन्दर्भमा नेपालको धारणा, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र निर्वाचनमा हाम्रो उपस्थिति के हुने ?”

संविधान पक्षधर र लोकतान्त्रिक शक्तिका  बिचमा लोकतन्त्र, संविधानका उपलब्धिको रक्षा गर्नका निम्ति, सबै राजनीतिक दललाई गरिएको अपिल, राजनीतिक दलहरुसँगको सहकार्य, विभिन्न राजनीतिक दलले गरेका निर्णय त्यसको  प्रभावका बारेमा विभिन्न कोणबाट सदस्यहरुले आफ्नो भूगोलको विशेषतामा आधारित भएर अभिव्यक्ति राखेको उहाँको भनाइ छ।

उहाँले बैठक भोलि बिहान ८ बजे पुनः बस्ने जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.