इमिग्रेशन अपडेट

डिएचएसद्वारा शिकागोमा विशेष अपरेशन दस्ता तैनाथ, घटनास्थल हिंसात्मक बन्दै

लस एन्जलस। शिकागोमा संघीय एजेन्ट र कानून प्रवर्तन अधिकारीहरूलाई प्रदर्शनकारीहरूले एम्बुस लगाएर आफ्नो गाडीले कुल्चने प्रयास गरेको डिएचएसले दावी गरेको छ ।

डिएचएसका अनुसार गाडी चलाइरहेकी महिला, मारिमार मार्टिनेज, अर्ध-स्वचालित हतियारले सशस्त्र थिइन् । उनले सिबिपी एजेन्टहरूको रक्षात्मक गोलीले घाइते भएको र हाल अस्पतालबाट डिस्चार्ज भए लगत्तै एफबिआईको हिरासतमा रहेकी छिन्। अर्को गाडीका चालक, एन्थोनी इयान सान्तोस रुइजलाई कानून प्रवर्तनले पक्राउ गरेको छ ।

ठुलो संख्यामा प्रदर्शनकारीहरू भेला भएपछि र डिएचएसको कानून प्रवर्तन निकायमा धुवाँ, ग्यास, ढुङ्गा र बोतलहरू फ्याँक्न थालेपछि घटनास्थल झन् हिंसात्मक बन्दै गएको थियो ।

घटनास्थलमा सिबिपीमा आक्रमण गरेको आरोपमा अर्को प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो। स्थानीय प्रहरीलाई घटनास्थल सुरक्षित गर्न जेबी प्रिट्जकरले अनुमति दिन अस्वीकार गरेपछि, सचिव नोएमले कानून र व्यवस्था पुनर्स्थापित गर्न विशेष अपरेशन टोलीहरू खटाएको बताएकी छिन ।

आइस कानून प्रवर्तन टोलीले गोलीबारीको जवाफ दिइरहेको बेला, प्रदर्शनकारीहरूउनीहरूको पछि लागे र उनीहरूलाई सडकबाट भगाउने प्रयासमा उनीहरूको गाडीलाई ठक्कर दिएको थियो ।

आइसको गाडीको टायर फुट्यो र पछि घरेलु आतंककारीहरूले त्यसलाई आक्रमण गरे, जसले गर्दा कानून प्रवर्तन टोलीले आफ्नै सुरक्षाको लागि गाडी त्याग्न बाध्य भयो। गाडीमा उल्लेखनीय क्षति पुगेको थियो।

दर्जनौ सिबिपी कानून प्रवर्तन अधिकारीहरूलाई विभिन्न चोटपटक लागेर अस्पताल पठाइएको थियो।

“कानून प्रवर्तन अधिकारीहरूमाथिका यी आक्रमणहरू अन्त्य हुनुपर्छ। सचिव नोएमले कानून र व्यवस्था पुनर्स्थापित गर्न थप स्रोतहरू परिचालन गर्ने बताएकी छिन्। हामी हाम्रो कानून प्रवर्तन निकायमाथि आक्रमण गर्न दिनेछैनौं। यदि तपाईंले कानून प्रवर्तन निकायमाथि हात हाल्नुभयो भने, तपाईंलाई कानूनको हदसम्म मुद्धा चलाइनेछ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.