नेपाल

बुरेलीखोलामा फोर्स गाडी दुर्घटना: पाँच घाइते, तीन गम्भीर

सल्यान । सल्यानको कुमाख गाउँपालिका १ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली रहेका छन् ।

घाईतेहरुलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन् । गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ । उक्त गाडीमा १८ जना यात्रु सवार रहेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्