एक्सक्लुसीभ

उपत्यकामा निषेधाज्ञा खुकुलो, राति कर्फ्यु जारी रहने

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा जारी निषेधाज्ञा तथा कर्फ्युलाई पछिल्लो सुरक्षा परिस्थितिको मूल्याङ्कन गर्ने जनाएको छ । 

उपत्यकामा नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षात्मक व्यवस्था गरिएको र कर्फ्युलाई केही खुुकुलो बनाइएको छ।

अत्यावश्यक सेवामा छुट

निषेधाज्ञा र कर्फ्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ ।

सुरक्षाकर्मीहरु नागरिकको जीवन रक्षा र मानवीय उद्धारमा निरन्तर सक्रिय रहेको भन्दै सहयोग र समन्वयका लागि सबैमा अपिल गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्