साहित्य

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह  ‘व्यापार पृथ्वीको’ लोकार्पण

इलाम । इलामका कवि दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण गरिएको छ । ६५ वटा कविता समेटेर तयार गरिएको कविता सङ्ग्रहको शनिबार सूर्योदय नगरपालिकामा कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो । 

सूर्योदय गजल मञ्चको आयोजनामा भएको लोकार्पण कार्यक्रममा नेपाली साहित्यमा लीला लेखनका अभियन्ता कृष्ण बराल, साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, भारतीय कवि डा. कमला तामाङ, सूर्योदय गजल मञ्चका अध्यक्ष योगनीधि भट्टराई, सूर्योदय नगरपालिका सामाजिक विकास समितिका संयोजक डिकबहादुर बम्जन लगायतले कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो ।

साहित्यकार बरालले लेखकले जुनसुकै कृति लेख्दा पनि स्थानीयतालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यहाँको माटो, हावापानी र समाजको चित्रण गर्नेगरी कृतिको सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कविता सङ्ग्रहमाथि साहित्यकार प्रकाश थाम्सुहाङ, चन्द्र गुरुङ, र भारतीय कवि डा. कमला तामाङले समीक्षा गर्नुभयो । कविता सङ्ग्रहका लेखक दिपेन्द्र आचार्यले निक्कै सङ्र्घषपछि किताब बजारमा आएको बताउनुभयो । उहाले २०७९ सालदेखि कविता लेखेर अहिले किताब तयार पारेको जानकारी दिनुभयो । ६५ वटा कविता रहेको किताबको मूल्य तीन सय ९९ रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.