अमेरिका

मतदाता परिचयपत्र अनिवार्य गर्न कार्यकारी आदेश ल्याउने राष्ट्रपति ट्रम्पको घोषणा

पुरुषोत्तम ढकाल, लस एन्जलस । राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिवार्य रूपमा हरेक मतदाताले परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। मतदाताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन् । अमेरिकामा अहिले सम्म संघीय स्तरमा मतदाता परिचयपत्र जारी गरिएको छैन।

यस अघि सम्म निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकार क्षेत्र भित्र पर्छ। त्यसैले कतिपय राज्यमा मत दिन परिचयपत्र देखाउनुपर्ने हुन्छ भने कतिपयमा चाहिँ यस्तो आवश्यकता छैन ।

सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै राष्ट्रपति ट्रंपले भने, ‘बिरामी पर्दा र देश बाहिर र टाढा खटिएका सुरक्षा कर्मी र सेनाबाहेक अन्यले हुलाकबाट मतदान गर्न पाउने छैनन् ।’

राष्ट्रपति ट्रंपले ट्रुथ सोसलमा भनेका छन्, ‘बिरामी पर्दा, देश बाहिर र टाढा खटिएका सुरक्षाकर्मी र सेनाबाहेक अन्यका लागि हुलाकमार्फत मतदान गर्न पाउने छैनन् ।’

राष्ट्रपति ट्रंपले  २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको हार व्यापक धाँधलीका कारण भएको दाबी गर्दै आएका छन्।

तर कानुनी रूपमा राष्ट्रपति वा संघीय सरकारलाई राज्यस्तरको निर्वाचन नियम बदल्ने संवैधानिक अधिकार छैन। त्यसैले ट्रम्पको कार्यकारी आदेशले मतदाता परिचय पत्र लागु गर्ने आदेशमा कति प्रभाव पार्छ भन्न सकिन्न ।

राष्ट्र ट्रम्पले विगतदेखि नै अपारदर्शी अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.