खेलकुद

बङ्गलादेशसँग दोस्रो हारसँगै नेपालको उपाधि यात्रा समाप्त

काठमाडौँ। बङ्गलादेशसँग लगातार दोस्रो हार खेपेसँगै भुटानमा जारी साफ साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालको उपाधि सम्भावना सकिएको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा बुधबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भयो । नेपाल यस अघिल्लो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो। नेपालले अर्को खेलमा आयोजक भुटानलाई भने २–१ गोलले हराएको थियो ।

एकपक्षीय खेलमा पहिलो हाफमा २–१ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो । बङ्गलादेशलाई जिताउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्नुभयो । अर्को गोल थुनुए मार्माले थप्नुभयो । नेपालका लागि कप्तान भूमिका बुढाथोकीको गोल सान्त्वना बन्यो ।

जितसँगै चार खेलबाट नौ अङ्क बनाएको बङ्गलादेश दोस्रो स्थानमा छ । नेपालले समान खेलबाट तीन अङ्क बनाएको छ । उपाधि होड कायम राख्न बङ्गलादेशलाई हराउनै पर्ने खेलमा लज्जासपद हार खेपेपछि नेपालको सम्भावना सकिएको हो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।

च्याम्पियनसिपमा नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ र भुटानसँग ३१ तारिख खेल्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्