साहित्य

साहित्यकार बजगाईंलाई डायस्पोरा लिटरेचर अवार्ड बाट सम्मानित

लन्डन । लन्डनमा आयेजित किताब जात्रा कार्यक्रममा डायस्पोरिक साहित्यकार कृष्ण बजगाईं सहित अन्य व्यक्तित्व सम्मानित भएका छन् ।

साहित्यकार बजागाईंलाई राजदूत चन्द्रकुमार घिमिरे र प्रोफेसर माइकल हटले संयुक्तरुपमा अवार्ड प्रदान गरेका थिए।

साहित्यकार कृष्ण बजगाईंले बेल्जियम र बेलायतमा २५ वर्ष बिताएका छन् । नेपाली भाषा साहित्यको क्षेत्रमा क्रियाशील बजगाईंका कथा, कविता, नियात्रा र बालसाहित्यमा २४ पुस्तकहरु प्रकाशित छन्।

समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष बजगाईंले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल सम्पादन गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालय,लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयकोस्नातक तहको नेपाली विषयको पाठ्यक्रममा उहाँका चारवटा नियात्रा, एक लघुकथा कक्षा १२ को अनिवार्य नेपालीमा र एक बालकथा कक्षा ५ को सरकारी विद्यालयमा पढाई हुन्छन्।

अर्को एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा पढाई हुन्छ भने उनका अरु २१ वटा बालकथा नेपालको निजी विद्यालयका कक्षा ४, ५ , ६ र ७ को पाठ्यक्रममासमावेश भएर पढाई भइरहेका छन्।

किताब जात्रा कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई ‘किताव जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड’, पत्रकार नवीन पोखरेललाई ‘किताव जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड’, कुशल श्रेष्ठलाई ‘किताव जात्रा डायस्पोरा मिडिया अवार्ड’, उद्यमी डा.। रक्षा थापालाई ‘अन्टरप्रिनरसीप अवार्ड’ (फिमेल) र छोङ् शेर्पालाई ‘अन्टरप्रिनरसीप अवाडर्’ (मेल) एवं युवा व्यवसायी विकास नेपाललाई ‘युथ आइकन अवार्ड’ प्रदान गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.