मनोरंजन

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को प्रिमियर

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा बुधबार आयोजना गरिएको प्रिमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भए ।

प्रिमियरमा अग्रज कलाकार सुनील थापा, वरिष्ठ छायाकार गौरीशङ्कर धुन्जू, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्वाजलगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

बुवा, आमा र दाजुभाइबिचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा हेरिरहँदा रुवाएको उनीहरूले प्रतिक्रिया दिएका छन् । चलचित्रले सम्बन्धको महìव, सपना पूरा गर्न गरिने सङ्घर्ष र पारिवारिक मूल्यमान्यतालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको देखिन्छ ।

जसका कारण दर्शकले यसलाई भावनात्मक रूपमा बलियो चलचित्रका रूपमा लिएका छन् । चलचित्रमा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशाङ्क मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपाङ्गी मगर, रूपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.